काठमाडौं । गृह मन्त्रालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा गरेको छ ।
डीआईजी धीरजप्रताप सिंहको महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो), अरुण बिसी प्रदेश नम्बर १, डीआईजी दिवेश लोहनी प्रदेश नम्बर २,पुरुषोत्तम कँडेल बागमती प्रदेश,प्रकाशजंग कार्की गण्डकी प्रदेश, गणेश ऐर कर्णाली प्रदेश र देवबहादुर बोहोराको सुदूरपश्चिम प्रदेशमा सरुवा भएको छ ।
सीआईबीमा मुकुन्द आचार्य र विशेष ब्यूरोमा रवीन्द्र धानुकको सरुवा भएको छ ।
प्रतिक्रिया