ॐ हस्पिटलले ल्यायो ‘पोष्ट कोभिड हेल्थ चेकअप प्याकेज’ अफर

ॐ हस्पिटलले ल्यायो ‘पोष्ट कोभिड हेल्थ चेकअप प्याकेज’ अफर

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले सुलभ दरमा पोष्ट कोभिड हेल्थ चेकअप प्याकेज अफर सार्वजनिक गरेको छ ।

कोभिड संक्रमणमुक्त भइसकेको अवस्थामा र त्यसपछि देखा पर्ने विविध स्वास्थ्य समस्याका कारण उत्पन्न हुनसक्ने जटिल अवस्थाहरुबाट जोगाउन ॐ हस्पिटलले आवश्यक जाँच तथा परीक्षणसहितको सुलभ ‘पोष्ट कोभिड हेल्थ चेकअप’ को घोषणा गरेको हो ।

अस्पतालले कोभिड पछिका स्वास्थ्य समस्या र सम्भावित जटिल अवस्थाहरुको समयमा नै निदान तथा उपचार गरी नेपालमा बढ्दो क्रममा रहेको पोस्ट कोभिड मृत्युदरलाई घटाउने उद्देश्य सहित यो प्याकेज घोषणा गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डा.हरिश जोशीले बताए ।

अस्पतालले ल्याएको पोस्ट कोभिड प्याकेजका लागि ६ हजार ५ सय शुल्क तोकेको छ । यस प्याकेजमा सिबीसी, सीआरपी, कोभिड एन्टीबडी, डी–डाइमर, चेस्ट एक्स रे, इसिजी लगायतका जाँचको सुविधा सहित विशेषज्ञ चिकित्सकसँगको कन्सल्टेशन सुबिधा उपलब्ध हुने अस्पतालले जनाएको छ ।

ॐ हस्पिटलका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइरालाले पोष्ट कोभिड हेल्थ चेकअप प्याकेज पूर्ण स्वास्थ्यलाभ गरी ढुक्कसँग आफ्नो नियमित जीवनशैली र कामकाजमा फर्कनेहरुकालागि उपयोगी रहेको बताए । नेपालमा कोभिडको दोस्रो लहरपछि ठुलो संख्यामा निको भएका बिरामीहरुमा पनि विभिन्न स्वास्थ्य समस्या देखिने गरेको ॐ हस्पिटलका सिनियर कन्सल्ट्यान्ट चेष्ट फिजिसियन प्रा. डा. सुबोध सागर ढकालले बताए ।

उनीहरुमा कोभिड मुक्तभएको लामो समयसम्म पनि शारीरिक समस्या हुँने, जीउ दुख्ने, छिटो थकाई लाग्ने, छाति दुख्ने, निद्रा नलाग्ने, डिप्रेसन हुने, उच्च रक्तचाप, हिड्दा स्वाँ स्वाँ हुने, सास फेर्न गाह्रो हुने लगायतका समस्याहरु देखिएको प्रा.डा. ढकालले बताए । यस्ता समस्यालाई बेवास्ता नगर्न र तुरुन्त अस्पताल आएर परीक्षण गराउन उनको सुझाव छ ।

बिरामीको अवस्था हेरेर आवश्यकता अनुसार थप जाँचहरुमा एआरसिटी चेष्ट, स्पाइरोमेट्री (पिएफटी) र एबिजी सहितको एक्जुकेटिभ पोष्ट कोभिड हेल्थ चेकअप प्याकेज पनि गर्न सकिने ब्यवस्था रहेको छ । यसै प्याकेज अन्तर्गत नै लङ्ग कोभिड सिम्प्टम्स सहित आउने बिरामीहरुकालागि पनि परामर्श तथा उपचार सेवा पनि उपलब्ध रहेको उनले जानकारी दिए ।

कोभिड मुक्त भइसकेको अवस्थामा पनि शरिरमा आलश्य र थकान महशुष भएमा, छाती भारी भएमा, खाना अरुची भएमा, मुटु हल्लिएको वा बढी ढुकढुक गरेको महशुष भएमा, दिक्दारी महशुष भएमा, काममा ध्यान केन्द्रित गर्न नसकेमा अस्पतालमा आएर परिक्षण गराउनु उचित हुने ॐ अस्पतालकी छातीरोग तथा सघन उपचार विशेषज्ञ डा.दिपा श्रेष्ठको सल्लाह छ ।

यसका लागि पोष्ट कोभिड हेल्थ चेकअप प्याकेज उपयोगी रहेको उनको दावी छ । प्याकेज अन्तर्गत परिक्षण गर्नका लागि ॐ अस्पतालको सम्पर्क नम्बर ०१–४४७६२२५ मा फोन गरेर वेलनेश मेडिसिन सेन्टरको एक्टेन्सन नम्बर १८७ मा अग्रिम बुकिङ पनि गर्न सक्ने सुविधा समेत रहेको विज्ञप्तिमा जनाएको छ । त्यस्तै सिधा अस्पतालमा आएर पनि पोस्ट कोभिड प्याकेज अन्तर्गत परीक्षण गर्न सकिने व्यवस्था पनि गरेको छ ।

यस अघि प्रकाशित मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको ज्यान जोगाइ दिन सहयोगको याचना भन्ने शिर्षकको समाचार घाइते भएका युवकको आफन्तको अनुरोधमा हटाइएको छ हाम्रो पठक वर्गमा पर्न गएको असुबिधा प्रति क्षमा प्राथी छौ । धन्यबाद । 

Recent Comments

No comments to show.