‘निर्वाचन आयोगको निर्णय मान्य छैन, कानूनी र राजनीतिक उपचार खोज्छौंं’ : जसपा अध्यक्ष

‘निर्वाचन आयोगको निर्णय मान्य छैन, कानूनी र राजनीतिक उपचार खोज्छौंं’ : जसपा अध्यक्ष

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव समूहले निर्वाचन आयोगको निर्णय मान्य नहुने बताएको छ।

आयोगले ३० जेठमा यादव समूह र जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर समूहले एक-अर्कालाई गरेको कारबाहीलाई मान्यता नदिने निर्णय गरेको थियो। त्यो निर्णय निष्पक्ष र तटस्थ नभएको यादव समूहको भनाइ छ।

अध्यक्ष यादवले विज्ञप्ति जारी गर्दै सबै प्रकृया पुरा गरेर कारवाही गरिएको भए पनि आयोगले अस्वीकार गरेकोमा आफ्नो ध्यानकर्षण भएको बताएका छन् । विज्ञप्तिमा भनिएको छ– ‘सबै प्रकृया पुर्याएर कारवाही गरी पार्टीको जिम्मेवारीबाट हटाइएको र निर्वाचन आयोगले मागे बमोजिम सम्पूर्ण कागजात एवम् प्रमाणहरुसमेत बुझाई पठाइएको पत्र निर्वाचन आयोगले अस्वीकार गरेकोमा हाम्रो गंभीर ध्यानाकर्षण भएको छ ।’

यादव नेतृत्वको जसपाले निर्वाचन आयोगको निर्णय पूर्वाग्रहपूर्ण रहेकोसमेत आरोप लगाएको छ । विज्ञप्तिमा भनिएको छ– ‘उक्त निर्णयले निर्वाचन आयोगबाट निष्पक्ष, तटस्थ भूमिका निर्वाह हुन नसकेको र पूर्वाग्रहपूर्ण रहेको हाम्रो निष्कर्ष छ ।’

जसपाले निर्वाचन आयोगले पूर्वाग्रहरहीत भई निष्पक्ष र तटस्थ ढंगबाट निर्णय गर्नुपर्नेमा एकपक्षीय हीत अनुरुप निर्णय गरेको भन्दै उक्त निर्णय मान्य नहुने र यसले निर्वाचन आयोगको तटस्थता र निष्पक्षता माथि नै गंभीर शंका उत्पन्न भएको बताएको छ । आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी उपचारका लागि लडाई जारी रहनेसमेत जसपको विज्ञप्तिमा उल्लेख छ ।

Recent Comments

No comments to show.