निषेधाज्ञा खुल्नेबित्तिकै रेल चलाउने तयारीमा लाग्नुस् : मन्त्री नेम्वाङ

निषेधाज्ञा खुल्नेबित्तिकै रेल चलाउने तयारीमा लाग्नुस् : मन्त्री नेम्वाङ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले लकडाउन खुल्नेबित्तिकै जनकपुर(जयनगर रेल सञ्चालन गर्ने तयारी थाल्न निर्देशन दिएका छन् । 

पानीजहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखहरूसँगको छलफलको क्रममा मन्त्री नेम्वाङले विभागलाई निर्देशन दिएका हुन ।

नीतिगत, व्यवहारिक र प्राविधिक सम्पूर्ण कुराहरूको व्यवस्थापन भइसक्दा पनि रेल सञ्चालनमा ढिलाइ भएकाले छिटोभन्दा छिटो सञ्चालनमा आउनुपर्ने उनले बताए । 

‘रेल सञ्चालनका लागि अध्यादेश जारी गरिसकेका छौं । यति हुँदाहुँदै पनि हामीले रेललाई समयमा सञ्चालन गर्न सकेका छैनौं । कोभिड महामारीले बाधा पुर्‍याएको छ । अध्यादेश ल्याउने, जिएम नियुक्ति गर्ने लगायत कानुन व्यवस्थित गरिसकेका छौं,’ मन्त्री नेम्वाङले भने,‘लकडाउन खोल्नबित्तिकै हामीले त्यहाँ रेल सञ्चालन गर्नुपर्छ । त्यहाँका जनताहरुलाई रेलको सेवा प्रदान गर्नुपर्छ । १५ गतेभित्र रेल चलाउने तयारीमा लाग्नुस् ।’

मन्त्री नेम्वाङले पानी जहाज सञ्चालनका लागि तयारी गर्न तथा नदी नालाहरूमा सम्भाव्यता अध्ययनको काम अघि बढाउन पानी जहाज कार्यालयलाई पनि निर्देशन दिए ।

Recent Comments

No comments to show.