एसइईको मूल्यांकनमा ८० नम्बर दिँदा कारण खुलाउनुपर्ने

एसइईको मूल्यांकनमा ८० नम्बर दिँदा कारण खुलाउनुपर्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यसपटक माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसईईको मूल्यांकनमा कुनै पनि शिक्षकले आफ्नो विषयमा ८० नम्बरभन्दा धेरै अंक दिए अनिवार्य कारण खुलाउनुपर्ने नियम तय गरेको छ ।  

बोर्डको आइतबार (३० जेठ) बसेको बैठकले यसपटकको एसईई परीक्षाको मूल्यांकनको जिम्मेवारी विद्यालयलाई दिने निर्णय गरेसँगै विगतबाट पाठ सिक्दै ८० नम्बर माथि अंक दिने शिक्षकले आफूले नम्बर किन र कुन आधारमा दिएको भन्नै प्रमाणसमेत पेश गर्नुपर्ने कार्यविधिमा व्यवस्था गरिएको बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले बताए ।   

‘गत वर्ष एसईई विद्यालयले मूल्यांकन गरी बोर्डलाई पठाएको नतिजामा धेरै दुरूपयोग भएको थियो,’ प्रवक्ता अर्यालले अनुभव सुनाए, ‘हामीले गुरुहरूमाथि विश्वास गरेर मूल्यांकन गर्न दियौँ । तर वहाँहरुले मर्यादा कायम गर्नुभएन,’ उनले थपे, ‘कहिले जिपिए चार नल्याउने पनि चार ल्याएका पनि उदाहरण पाइयो ।’ 

परीक्षाको मर्यादा कायम गर्न यसपटक विद्यालयमा प्रधानाध्यापकको संयोजकत्वमा पाँच सदस्यीय मूल्यांकन समितिले गठन गरी मूल्यांकन हुने व्यवस्था गरिएको छ । जसअनुसार प्रत्येक विद्यालयमा एसईई परीक्षा मूल्यांकन समितिमा पाँच सदस्य हुनेछन् । प्रधानाध्यापक समिति संयोजक हुने व्यवस्था छ भने स्कुलको गणित, अंग्रेजी, विज्ञान र एक वरिष्ठ शिक्षक गरी चार सदस्यहरू रहने खबर नागरिक दैनिकमा छ । 

Recent Comments

No comments to show.