बैंकको आलोपालो सिस्टम हट्यो, आजबाट बैंकका सबै शाखा खोल्न पाईने

बैंकको आलोपालो सिस्टम हट्यो, आजबाट बैंकका सबै शाखा खोल्न पाईने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई बैंकका शाखाहरु खोल्न गरिएको कडाइलाई केही खुकुलो तुल्याएको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कार्यालय सञ्चालनमा लगाएको कोटा प्रणाली हटाएसंगै मंगलबारबाट सबै शाखा सञ्चालनमा आउन सक्नेछन् ।

वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा लागू गरिएको निषेधाज्ञाको समयमा राष्ट्र बैंकले वित्तीयक्षेत्रमा तोकेको कोटा प्रणाली हटाएको हो ।

यसअघि राष्ट्र बैंकले उपत्यकामा खुल्ने बैंक, विकास बैंक र फाइनान्स कम्पनीको संख्या तोकिदिएको थियो । जसअनुसार काठमाडौं उपत्यकामा वाणिज्य बैंकका अधिकतम ६ वटा शाखा, विकास बैंकका ४ वटा र फाइनान्स कम्पनीका ३ वटासम्म मात्रै शाखा संचालन खोल्न दिदै आएको थियो ।

अव भन्ने कति शाखा खोल्ने भन्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाले नै निर्णग गर्न सक्नेछन् ।

Recent Comments

No comments to show.