काठमाडौं । बिहीबारदेखि अपि पावर कम्पनीले हकप्रद शेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले २९.३८ प्रतिशत हकप्रद शेयरको बिक्री खुला गर्ने भएको हो ।
कम्पनीले १ सय रुपैयाँ अंकित दरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हकप्रद शेयर प्रयोजनको लागि गत वैशाख २९ गते बुक क्लोज गरिसकेको कम्पनीले सो आधारमा वैशाख २९ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन गर्न सक्नेछन् ।
बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको उक्त हकप्रद शेयरमा आवेदकले असार ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
उक्त हकप्रदमा अपि पावर कम्पनी ट्रेड टावर थापाथली तथा मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु इटहरी,पोखरा, नारायणगढ, सुर्खेत,नेपालगञ्ज, धनगढी र जनकपुरबाट आवेदन दिन सकिने कम्पनीलले बताएको छ ।
मेरो शेयरबाट हकप्रदका लागि आवेदन दिन सकिने छ ।
प्रतिक्रिया