आज जेठ १९ : राजा वीरेन्द्रको वंशनाश भएको दिन, २० वर्षसम्म पनि रहस्यमय

आज जेठ १९ : राजा वीरेन्द्रको वंशनाश भएको दिन, २० वर्षसम्म पनि रहस्यमय

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । तत्कालीन राजा वीरेन्द्र शाहको बंश नाश भएको २० वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते राती दरबारभित्रै राजारानीसहित राजपरिवारका सदस्य र आफन्तको हत्या भएको थियो। उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकान्ड अहिले पनि रहस्यमय नै छ।

जेठ १९ को त्यो कहालीलाग्दो रातले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ। राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थाना भइसके पनि तत्कालीन राजपरिवारको बंश नाश भएको जेठ १९ को नमिठो छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन।

पारिवारिक जमघटका बेला भएको घटनामा राजा वीरेन्द्र, रानी एश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो।

राजाको वंशनाश पछि पतन भयो राजसंस्था

राजा वीरेन्द्र र उनको वंश नाश भएपछि भने नेपालमा राजसंस्था नै टिक्न सकेन । तत्कालिन समय देशमा माओवादी सशस्त्र आन्दोलनमा थियो । तर, उसको आन्दोलन प्रभावकारी भइसकेको थिएन ।

जब राजसंस्था हत्याकाण्ड मच्चियो, त्यसपछि माओवादीहरु पनि राजसंस्थाको औचित्य सकिएको भन्दै गणतन्त्रको एजेण्डामा अगाडी बढे । घटनापछि वीरेन्द्रका माइला भाई ज्ञानेन्द्र शाह राजा बने ।

तर, उनले देशको बागडोर सम्हालेको ४ वर्षमै राजसस्था नै गुम्न पुग्यो । यसबीचमा माओवादी आन्दोलनसँगै राजनीतिक दलहरुले पनि राजसंस्थाविरुद्ध आन्दोलन गरे र २०६३ सालमा आइपुग्दा देशमा गणतन्त्र झुल्किसकेको थियो ।

कसरी भएको थियो घटना

१९ जेठको रात राजपरिवारका सदस्यहरुको नियमित पारिवारिक रात्री भोज चलिरहेका समयमा हत्याकाण्ड मच्चाइएको थियो । घटनामा राजा वीरेन्द्रको परिवारका ५ सहित १० जनाको निधन भएको तथ्य बाहिर ल्याइएको थियो ।

राजसंस्थाको पतन पछि नारायणहिटी दरबारलाई अहिले संग्रहालय बनाइएको छ । सर्वसाधाणले घटनास्थललाई प्रत्यक्ष देख्न सक्छन् ।

त्यो कहाली लाग्दो दिनको कल्पना गर्न सक्छन् । तर, जनताका प्रिय राजालाई कसको गोलीले उडायो, त्यो भने अहिले पनि रहस्यमय नै रहेको छ ।

राजा वीरेन्द्रको हत्यापछि राजा बनेका ज्ञानेन्द्र शाहले हत्याकाण्ड भएको भएको स्थानमा भोलीपल्टै ताल्चा लगाउन निर्देशन दिएको थिए ।

त्यो ताल्चा १० वर्षपछि मात्र खोलियो । यस प्रकारणले घटनालाई अझ रहस्यमय बनाएको जानकारहरु बताउँछन् ।

Recent Comments

No comments to show.