पार्टीलाई एकताबद्ध राख्न एकताका लागि अन्तिमसम्म प्रयास गर्ने एमालेको निर्णय

पार्टीलाई एकताबद्ध राख्न एकताका लागि अन्तिमसम्म प्रयास गर्ने एमालेको निर्णय

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीले स्पष्टिकरण सोधिएका माधव नेपाल समूहका नेताहरुलाई तत्काल कारवाही नगर्ने भएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा ओली पक्षीय एमाले स्थायी कमिटी बैठकले एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने भन्दै नेताहरुलाई कारवाही नगरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

पार्टी एकताको प्रयास र नेता माधवकुमार नेपाल समूहको तादम्यता नमिलेको उनको भनाइ छ । पार्टी एकता जोगाउन लचिलो हुने निर्णय भएको उनले बताए ।

एकताको प्रयास जारी राख्न अहिले अन्य संयन्त्रबाट सम्बाद जारी रहेको उनलेब ताएका छन् । वार्ता टोली पुर्नगठन गरि फेरि संवाद हुने उनको भनाई छ । 

वार्ता टोलीमा माधव नेपाल पक्षको संयोजक रहेका भीम रावल साधारण सदस्यबाटै निष्कासित भइसकेका छन् । यसबीचमा दुवै पक्षबीच भएका वार्तामा भीम रावल बाहेकका नेताहरु बस्ने गरेका छन् ।

Recent Comments

No comments to show.