काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धि मुद्दाको सुनुवाईका लागि वरिष्ठताका आधारमा न्यायधीश राख्ने सहमति जुटेको छ ।
सर्वोच्च बार र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबीच भएको छलफलमा यस्तो सहमति जुटेको हो । अब वरिष्ठताको आधारमा न्यायाधीश रहेको इजलास गठन हुने छ ।
प्रतिनिधि सभा विघटनको मुद्दा र संविधानको धारा ७६ को ५ अनुसार सरकार गठनको मुद्दा हेरिरहेको सर्वोच्चको संवैधानिक इजलासमा रहेका दुई जना न्यायाधीश माथि प्रश्न उठेको थियो।
प्रतिक्रिया