यस वर्षको एसईई परीक्षा नतिजा पनि आन्तरिक मूल्यांकनबाटै

यस वर्षको एसईई परीक्षा नतिजा पनि आन्तरिक मूल्यांकनबाटै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि आन्तरिक मूल्याङ्कनबाट हुने भएको छ । सोमबार साँझा बसेको मन्त्रिपरिषद् बैठकले अघिल्लो वर्षजस्तै यसपालि पनि आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

कोरोना महामारी झन बढ्दै गएकाले विद्यार्थीलाई कोरोना संक्रमणबाट बचाउन सम्बन्धित विद्यालयलाई नै आन्तरिक मूल्यांकनबाट एसईई परीक्षा टुंगो लगाउने जिम्मेवारी दिइएको हो ।

यो निर्णयअनुसार विद्यालयहरुले गरेको आन्तरिक मूल्याङ्कनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्नेछ । विवरणका आधारमा परीक्षा बोर्डले परीक्षाफल तयार पारेर सार्वजनिक गर्नेछ ।

Recent Comments

No comments to show.