मदिरा चाेरेकाे आरोपमा सिरहाका तीन प्रहरी निलम्बित

मदिरा चाेरेकाे आरोपमा सिरहाका तीन प्रहरी निलम्बित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मदिरा चोरी गरेको आरोपमा सिराहाको इलाका प्रहरी कार्यालय लहानमा कार्यरत तीन प्रहरी निलम्बनमा परेका छन् ।

निलम्बन हुनेहरुमा प्रहरी सहायक निरीक्षक (असई) नवल किशोर ठाकुर, प्रहरी जवानद्वय अन्नु कुमार राय र नरेश कुमार राय रहेका छन् ।

ती प्रहरीले मदिरा चोरी गरी खाएको भिडियो सामाजिक सञ्जालबाट पनि बाहिरिएपछि जिल्ला प्रहरी कार्यालय सिरहाले उनीहरुलाई निलम्बन गरी अनुसन्धान अगाडि बढाएको हो ।

लहान नगरपालिका २३ गढिया चोकमा रहेको पूजा मदिरा होटलमा जेठ ९ गते राति तीनैजना प्रहरीले मदिरा चोरेको आरोप लागेपछि निलम्बन गरी अनुसन्धान सुरु प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डीएसपी) शालिग्राम शर्माले जानकारी दिए ।  

प्रहरीले सीसीटीभीले खिचेको भिडियो सार्वजनिक नगर्न होटल सञ्चालकलाई दबाब दिए पनि सामाजिक संजालमा अपलोड गरेपछि कारबाही प्रकृया अगाडि बढेको हो ।

प्रहरी नियामावली २०७१ बमोजिम आजदेखि निलम्बन गरी थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता शर्माले बताए ।

Recent Comments

No comments to show.