लक डाउन अवधिमा सरकारले विद्युत महसुल नलिने

लक डाउन अवधिमा सरकारले विद्युत महसुल नलिने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले निषेधाज्ञा अवपिधमा विद्युत महसुलमा छुट दिने भएको छ । आगामी वर्षको बजेट मार्फत सरकारले यस्एतो घोषणा गरेको हो । घरायसी तथा साना विद्युत् उपभोक्ताले मासिक २० युनिटसम्म खपत गर्नेलाई शतप्रतिशत, मासिक १५० युनिटसम्म खतप गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत महसुल छुट दिइने व्यवस्था मिलाएको अर्थमन्त्री विष्णु पौडेलले बताए ।

त्यस्तै, साझेदारी, सहलगानी तथा सबै प्रकारका खानेपानी तथा सिचाँइ उपभोक्ता समितिले तिर्नुपर्ने विद्युतको डिमान्ड शुल्क र महसुल पूरै छुट दिने व्यवस्था गरिएको पनि उनले बताए ।

यस्तै सरकारले नेपाल भ्रमण गर्ने पर्यटकहरुलाई १ महिनाको भिसा शुल्क छुट दिने भएको छ । यसैगरी १६ वर्ष पुगेका लाई एकपटककालागि सिमकार्ड सित्तैमा दिने घोषणा पनि बजेट मार्फत भएको छ । 

यस्तै विद्यार्थीलाई ल्यापटप किन्न ऋण दिने घोषणा गरेको छ । 

Recent Comments

No comments to show.