यी हुन् घाटामा सञ्चालन भइरहेका १८ संस्थान, कसको कति घाटा ?

यी हुन् घाटामा सञ्चालन भइरहेका १८ संस्थान, कसको कति घाटा ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हाल संचालनमा रहेकामध्ये झण्डै आधा सार्वजनिक संस्थान (सरकारी कम्पनी) घाटामा रहेका छन् ।

हाल अस्तित्वमा रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २४ वटा संस्थान नाफामा छन् भने १८ वटा संस्थान घाटामा छ । २ वटा संस्थानको कारोबार भने शून्य छ ।

आर्थिक वर्ष २०७७ ७८ मा कोभिड १९ को संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि चालिएका कदमबाट समग्र अर्थतन्त्र नै प्रभावित हुन गएको अवस्थामा सार्वजनिक संस्थानको कार्यसम्पादनमा केही संकुचन आए तापनि सार्वजनिक संस्थानको समग्र वित्तीय स्थिति सन्तोषजनक रहेको देखिएको छ ।

गत वर्ष २६ वटा नाफामा थिए भने १३ वटा घाटामा थिए । ५ संस्थानको कारोबार भने शून्य थियो । औसतमा सार्वजनिक संस्थानहरुको नाफा अघिल्लो वर्षको तुलनामा १.२१ प्रतिशतले कमी आएको छ ।

चालू आवमा सरकारी कम्पनीहरुले कुल ४८ अर्ब २९ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

यो गतवर्षको तुलनामा करिब ४८ करोड थोरै हो । गत वर्ष संस्थानहरुले कुल ४८ अर्ब ७७ करोड ४१ लाख रुपैयाँ नाफा गरेका थिए । गत वर्ष संस्थानहरुको खुद नाफा १२.३६ प्रतिशतले बढेको थियो।

नेपाल आयल निगम र नेपाल विद्युत प्राधिकरणले ठूलो अंकले नाफा सुधार गर्दा समग्र सार्वजनिक संस्थानकै नाफामा बढोत्तरी भएको छ।

गत आर्थिक वर्ष २०७५/७६ मा बढी खुद नोक्सान हुने तीन सार्वजनिक संस्थानमा नेपाल वायुसेवा निगम (एक अर्ब ९६ करोड रुपैयाँ), उदयपुर सिमेन्ट उद्योग (१९ करोड ६३ लाख रुपैयाँ) र नेपाल टेलिभिजनले (१२ करोड ६२ लाख रुपैयाँ) छन्।

कोरोना संक्रमण रोकथाम, नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाका कारण समग्र अर्थतन्त्र नै प्रभावित भएकाले संस्थानहरुको कार्यसम्पादनमा कमी आउँदा घाटा बढेको अर्थ मन्त्रालयले जनाएको छ।

संस्थानहरु मध्ये अघिल्लो वर्ष नाफामा रहेको औधोगिक क्षेत्रले गत वर्ष ३९ करोड ३७ लाख रुपैयाँ नोक्सानी बेहोरेको छ। त्यस्तै सेवा र जीवनोपयोगी क्षेत्रको नाफा अघिल्लो वर्षको तुलनामा गिरावट आएको छ भने व्यापारिक, सामाजिक र वित्तीय क्षेत्रको नाफामा उल्लेख्य सुधार भएको छ।

सरकारलाई सबै भन्दा धेरै लाभांश नेपाल टेलिकमले दिएको छ । टेलिकमले आव २०७६।७७ मा सरकारलाई ६ अर्ब १७ करोड ५८ लाख रुपैयाँ लाभांश दिएको देखिन्छ ।

दोश्रो नम्बरमा भने आयल निगम रहेको छ र निगमले सरकारलाई २ अर्ब १८ करोड रुपैयाँ लाभांश दिएको छ । कृषि विकास बैंकले एक अर्ब ८ करोड ८३ लाख रुपैयाँ लाभांश दिएको छ भने राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब ८ करोड ३ लाख रुपैयाँ लाभांश दिएको देखिन्छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले ३६ करोड ७६ लाख रुपैयाँ लाभांश दिएको छ भने नेप्सेले ११ करोड ७३ लाख रुपैयाँ दिएको छ । उदयपुर सिमेन्टले ११ लाख रुपैयाँ लाभांश सरकारलाई बुझाएको छ ।

Recent Comments

No comments to show.