आयल निगमले नाफामा सबै सरकारी संस्थानलाई उछिन्यो

आयल निगमले नाफामा सबै सरकारी संस्थानलाई उछिन्यो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार आव २०७६/ ७७ मा २४ वटा संस्थान नाफा कमाउन सफल भएका छन्।

गत आर्थिक वर्षमा सबैभन्दा बढी नाफा कमाउने पाँच संस्थानमा नेपाल नेपाल आयल निगम लि. नेपाल विद्युत प्राधिकरण , नेपाल दूरसञ्‍चार कम्पनी लि., राष्ट्रिय वाणिज्य बैक लि. र कृषि विकास बैंक रहेका छन्।

यस मध्ये नेपाल विद्युत प्राधिकरणको लेखा परीक्षण हुन बाँकी रहेको छ । गत आर्थिक वर्ष नेपाल आयल निगमले १२ अर्ब ९१ करोड ४८ लाख रूपैयाँ खुद नाफा गरेको छ ।

यो नाफा दोस्रोमा रहेको नेपाल विद्युत प्राधिकरणभन्दा करिब २ अर्ब रूपैयाँ बढी हो । प्राधिकरणले ११ अर्ब ३ करोड रूपैयाँ नाफा गरेको छ ।

नेपाल टेलिकमको ९ अर्ब ७४ करोड ९० लाख रूपैयाँ रहेको छ । राष्ट्रिय वाणिज्य बैंक ४ अर्ब ३७ करो ८ ७३ लाख रूपैयाँ र कृषि विकास बैंकको ३ अर्ब ३३ करोड १८ लाख रूपैयाँ रहेको छ ।

गत आर्थिक वर्ष २०७५/७६ मा बढी खुद नोक्सान हुने तीन सार्वजनिक संस्थानमा नेपाल वायुसेवा निगम (एक अर्ब ९६ करोड रुपैयाँ), उदयपुर सिमेन्ट उद्योग (१९ करोड ६३ लाख रुपैयाँ) र नेपाल टेलिभिजनले (१२ करोड ६२ लाख रुपैयाँ) छन्।

Recent Comments

No comments to show.