काठमाडौं । बिश्व हिन्दु युवा संघले बाँकेको नेपालगन्ज स्थित भेरी हस्पिटलमा कार्यरत चिकित्सक तथा नर्सहरुमाथि आक्रमण गर्नेलाई कार्वाही गर्न सरकार सँग माग गरेको छ।
आज संघका प्रवक्ता अनुराग शाहले एक बक्तब्य जारी गर्दै यस्तो माग गरेका हुन । प्रवक्ता शाहले जारी गरिएको वक्तव्यमा भनिएको छ सत्ताको आडमा भेरी अस्पतालमा कार्यरत चिकित्सक तथा नर्सहरु माथि आक्रमण गर्ने मानबहादुर राउत नेतृत्वको सत्ताधारी एमालेको जत्थालाई तत्काल कार्वाही गर्न बिश्व हिन्दु युवा संघले सरकारसँग जोडदार रुपमा माग गर्दछू।
महामारीका विरुद्ध अग्रमोर्चामा खटिएर आफ्ना निजि रहरहरुलाई तिलान्जि दिई स्वास्थ सेवा उपलब्ध गराउन तल्लिन चिकित्सक तथा नर्सहरुमाथिको आक्रमण निकै निन्दनीय भएको बिश्व हिन्दु युवा संघले ठहर गरेको छ।
संघले यस्ता मानवहित बिरुद्धका अमानवीय गतिविधिमा संलग्नहरुलाई तत्काल कार्वाहीको दायरामा ल्याई भेरी अस्पताल लगायत देशभरका अस्पतालमा कार्यरत चिकित्सक तथा नर्सहरुलाई सुरक्षाको प्रत्याभूति दिलाउन सरकार तथा सुरक्षा निकायका प्रमुखहरुलाई आग्रह पनि वक्तव्य मार्फत गरेको छ। स्वास्थ्य सेवा दिने चिकित्सक तथा नर्सहरुनै असुरक्षित भए उनीहरुले स्वास्थ्य सेवा दिन नसक्दैने भन्दै सबैलाई स्वास्थ्यकर्मिलाई अवहेलना नगर्न आग्रह समेत बिश्व हिन्दु युवा संघले गरेको छ।
प्रतिक्रिया