प्रतिनिधिसभा विघटनको रिटको सुनुवाइ गर्न को-को परे संवैधानिक इजलासमा ?

प्रतिनिधिसभा विघटनको रिटको सुनुवाइ गर्न को-को परे संवैधानिक इजलासमा ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानि इजलास गठन गरेका छन्।

बिहीबार सबै रिटको प्रारम्भिक सुनुवाइ गर्दै संवैधानिक इजलासमा पठाएका प्रधानन्यायाधीश राणाले शुक्रबार चार जना छानेका हुन् । इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन् ।

प्रधानन्यायाधीश जबराले १९ वटा रिटलाई बिहीबार संवैधानिक इजलासमा पठाउने आदेश गरेका थिए ।

जबराको एकल इजलासले पठाएका १९ र संवैधानिक इजलासमा सुनुवाइको माग गरेर दर्ता गरिएका ११ वटा रिट उपर शुक्रवारबाट सुनुवाइ हुनेछ । विघटनविरुद्ध कुल ३० वटा निवेदन दर्ता भएका छन् ।

संवैधानिक इजलासमा प्रधान न्यायाधीशसहित ५ जना न्यायाधीश हुन्छन् । प्रधान न्यायाधीशले आफूसहित रोष्टरमा रहेका सिनियर न्यायाधीश मध्येबाट इजलास गर्ने कानुनी व्यवस्था छ । 

संसद पुनः स्थापना गरेर शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै विपक्षी गठबन्धनका १ सय ४६ जना सांसदले हस्ताक्षरसहित निवेदन दर्ता गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेकी थिइन् । राष्ट्रपतिको सो कदमको चौतर्फी विरोध भइरहेको छ ।

Recent Comments

No comments to show.