काठमाडौँ । देशभर आज मौसममा सामान्यदेखि पूर्णतया बदली रहने छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ। देशका हिमाली र उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आजराति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।
प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा राति भारी वर्षा र उच्च बेगको हावाहुरीको सम्भावना रहेको छ।
उच्च हिमाली भूभागका केही स्थानमा भारी हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन्।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ जेठ १४ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्य देखि पूर्ण बदलि रहि धेरै स्थानहरूमा मेघगर्जन / चट्याङ /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी / अति भारी वर्षा र उच्च बेगको हावाहुरिको सम्भावना रहेको छ। उच्च हिमाली/पहाडी भूभागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षा र गण्डकी प्रदेशका केहि स्थानहरूमा बागमती प्रदेश, प्रदेश १ तथा सुदुर-पश्चिम प्रदेशका उच्च हिमाली/पहाडी भूभागका १/२ स्थानमा भारी हिमपातको सम्भावना रहेको छ।
राति : देशभर सामान्य देखि पूर्ण बदलि रहि धेरै स्थानहरूमा मेघगर्जन / चट्याङ /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी / अति भारी वर्षा र उच्च बेगको हावाहुरिको सम्भावना रहेको छ। उच्च हिमाली/पहाडी भूभागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षा र गण्डकी प्रदेशका केहि स्थानहरूमा बागमती प्रदेश, प्रदेश १ तथा सुदुर-पश्चिम प्रदेशका उच्च हिमाली/पहाडी भूभागका १/२ स्थानमा भारी हिमपातको सम्भावना रहेको छ।
२०७८ जेठ १५ गते (शनिबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदलि रहि केहि स्थानहरूमा मेघगर्जन / चट्याङ /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ।प्रदेश १,गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
राति : देशभर आंशिक देखि सामान्य बदलि रहि थोरै स्थानहरूमा मेघगर्जन / चट्याङ /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
२०७८ जेठ १६ गते (आइतबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदलि रहि बाग्मती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन / चट्याङ /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ।बाग्मती र लुम्बिनी प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
राति : देशभर आंशिक देखि सामान्य बदलि रहि प्रदेश १ र प्रदेश २का केहि स्थानहरूमा मेघगर्जन / चट्याङ /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ।प्रदेश १ र प्रदेश २ का १/२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
प्रतिक्रिया