आजबाट निषेधाज्ञा थप कडा, खाद्यन्न अभाव भए यी नम्बरमा सम्पर्क गर्न सकिने

आजबाट निषेधाज्ञा थप कडा, खाद्यन्न अभाव भए यी नम्बरमा सम्पर्क गर्न सकिने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोभिड-१९ को संक्रमण कम नभएपछि काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञामा कडाइ गर्न थालिएको छ। 

सरकारले आज (शुक्रबार) देखि खाद्यान्न पसल समेत बन्द गर्ने निर्णय गरेको छ । यसअघि बिहान १० बजेसम्म खोल्न दिइएको थियो। त्यस्तै, डिपार्टमेन्ट स्टोरलगायतका अन्य पसलहरू पनि बन्द गरिएका छन्।

आजबाट काठमाडौं उपत्यकामा तरकारी, फलफूल, दुध डेरी, मासु, खानेपानी र ग्यास पसलहरू मात्रै खोल्न पाइनेछ। ति पसल पनि बिहान ९ बजेसम्म मात्रै खोल्न पाइने  जिल्ला प्रशासन कार्यलय काठमाडौंले जनाएको छ ।

यो अवधिमा खाद्यान्न आवश्यक परेर नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले घरमै पुर्‍याउने भएका छन्। तीनै जिल्ला प्रशासन कार्यालयले खाद्यान्न आवश्यक परेमा नेपाल खाद्या व्यवस्था तथा ब्यापार कम्पनी र साल्ट ट्रेडिङमा सम्पर्क गर्न आग्रह गरेका छन्।

दुवै संस्थानले ‘होम–डेलिभरी’को व्यवस्था गरेका छन्। दाल, चालम, नून, तेललगायतका दैनिक उपभोग्य सामान घर पुगाइने दुवै संस्थानले जनाएका छन्। त्यसका लागि निम्न नम्बरमा सम्पर्क गर्नुहोला।

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सम्पर्क नम्बर :

मोहनप्रकाश चन्द (प्रमुख कार्यकारी अधिकृत)  ९८५१३२०३१४

भीमबहादुर थापा (विभागीय प्रमुख)  ९८५११३६७८५

ज्ञानु थापा (प्रादेशिक प्रमुख, थापाथली)  ९८५११२७८८

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका सम्पर्क नम्बर :

उर्मिला श्रेष्ठ (प्रमुख कार्यकारी अधिकृत)  ९८५१०२२५६४

कुमार राजभण्डारी (नायब कार्यकारी अधिकृत) ९८५१०३३३०३

सबल रिजाल (विभागीय प्रमुख)  ९८५१११३६६०

प्रज्वल प्रधान (अधिकृत)  ९८४१३३२९९०, ९८१३२७२५६३

Recent Comments

No comments to show.