अग्रपंक्तिमा खटिने प्रहरी कर्मचारीलाई कोरोनाविरुद्धको दोस्रो डोज खोप दिन सुरु

अग्रपंक्तिमा खटिने प्रहरी कर्मचारीलाई कोरोनाविरुद्धको दोस्रो डोज खोप दिन सुरु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने  उपत्यकामा रहेका विभिन्न परिसरहरुका प्रहरी कर्मचारीहरुले कोभिड-१९ विरुद्धको खोपको दोस्रो डोज लगाएका छन् । 

कोभिडशिल्ड पहिलो डोज लगाइसकेका उपत्यकाका विभिन्न प्रहरी कार्यालयका कर्मचारीहरुले महानगरीय प्रहरी गण नम्बर २ महाराजगञ्जमा बिहीबार कोभिडशिल्डको दोस्रो डोज लगाएका हुन् ।

‘कोभिडशिल्ड पहिलो डोज लगाई सकेका प्रहरी प्रधान कार्यालय, नक्साल तथा काठमाडौं उपत्यकामा कार्यरत प्रहरी कर्मचारीहरु उपत्यकास्थित प्रहरी परिसरहरु तथा महानगरीय प्रहरी गण नम्बर २ महाराजगञ्जमा कोभिडशिल्ड दोस्रो डोज लिएको,’ नेपाल प्रहरीले जानकारी दिएको छ ।

नेपाल प्रहरीमा देशभर कार्यरत प्रहरी कर्मचारीहरुमध्ये हालसम्म ३७ हजार ९ सय ६१ जनाले पहिलो चरणमा र २४ हजार १ सय ६० जनाले दोस्रो चरणमा खोप लगाएका छन्।

Recent Comments

No comments to show.