मौसम पूर्वानुमान :मुलुकभर वर्षा,सतर्क रहन आह्वान

मौसम पूर्वानुमान :मुलुकभर वर्षा,सतर्क रहन आह्वान

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हाल नेपालको मौसममा बंगालको खाडीमा रहेको (यास) नाम गरिएको चक्रवातको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

अहिले देशका अधिकांश स्थानमा बदली भइरहेको महाशाखाले जानकारी दिएको छ । त्यस्तै प्रदेश १, प्रदेश २ बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।

आज देशभर बदली रहने छ । प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीलगायत प्रदेशका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुन सक्ने छ । त्यस्तै प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । हिमाली तथा उच्च पहाडी भू(भागमा हिमपात हुने छ ।

भोलि देशभर बदली रही अधिकांश स्थानमा मेघ गर्जनसहित पानी पर्ने छ । प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । हिमाली तथा उच्च पहाडी भूभागमा हिमपात हुने सम्भावना छ ।

त्यस्तै शनिबार देशभर बदली रही केहि स्थानमा मेघ गर्जनसहित वर्षा हुने छ । लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । हिमाली तथा उच्च पहाडी भूभागमा हिमपातको सम्भावना छ ।

Recent Comments

No comments to show.