काठमाडौं । कपिलवस्तुको मायादेवी गाउँपालिका-३ स्थित फुलीकाबाट प्रहरीले ब्राउन सुगरसहित दुईजना युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुपन्देहीको कञ्चन गाउँपालिका घर भएका २७ वर्षीय मदनकुमार दर्लामी र २८ वर्षीय विनोद दर्लामी मगर छन् ।
बा.८० प ६९ नम्बरको मोटरसाइकलमा बरोहियाबाट पचेहरा जाँदै गरेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय पकडीका इन्सपेक्टर कृष्ण बहादुर खत्री नेतृत्वको टोलीले पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट ६ ग्राम ५० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । आरोपीहरुबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया