काठमाडौं । नुवाकोटमा कोरोना सङ्क्रमित भई निको भएका ११ जनाले ‘प्लाज्मा दान’ गरेका छन् ।
नेपाल रेडक्रस सोसाईटी रक्त सन्चार केन्द्रको कार्यालयमा आयोजित उक्त कार्यक्रममा ११ जना कोरोना संक्रमण भई निको भएकाले (प्लाज्मा) र अन्य १२ जनाले रक्तदान गरेको ‘ब्लड अन रिक्योस्ट इन नुवाकोट’ का संयोजक मच्छिन्द्रनरसिंह प्याकुरेलले जानकारी दिए ।
‘ब्लड अन रिक्योस्ट इन नुवाकोट’को आयोजना र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया