काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले नुवाकोटको खरिनीटारस्थित खरानीटार अस्पताललाई ६ थान अस्पताल बेड प्रदान गरेका छन् ।
बुधबार काठमाडौंमा सहमहामन्त्री महतले नुवाकोटको ताँदी गाउँपालिकाका अध्यक्ष एवम् खरानीटार अस्पताकालका अध्यक्ष नारायण पाण्डेलाई अस्पताल बेड हस्तान्तरण गरेका हुन् ।
उनले देश कोरोनाको महमारीमा रहँदा सरकार सत्ता केन्द्रित भएकाले जनताले ज्यान गुमाउनुपरेको भन्दै आफूले सक्ने सहयोग गर्ने बताए ।
बेडको अभावले जनताले ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले बेड प्रदान गरिएको र अन्य स्वास्थ्य सामाग्री पनि प्रदान गरिने महतले बताए ।
कार्यक्रममा अस्पताकालका अध्यक्ष पाण्डले अस्पतालमा सहजरुपमा बिरामीको उपचारका गर्न थप हुने अस्पताल बेडले मद्धत पुग्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया