‘प्रधानन्यायाधीशलाई मध्यराती प्रम निवास बोलाउनु राम्रो संकेत होइन’- डा. बाबुराम भट्टराई

‘प्रधानन्यायाधीशलाई मध्यराती प्रम निवास बोलाउनु राम्रो संकेत होइन’- डा. बाबुराम भट्टराई

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मध्यरातको समयमा प्रधानन्यायधीश र प्रधानमन्त्रीबीच भेट हुनेजस्ता गतिविधि लोकतन्त्रका लागि शुभसंकेत नभएको प्रतिक्रिया दिएका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै पूर्व प्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन् ।

विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा रिट निवेदन गरेकै दिन प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमै पुगेर भेट गरेको समाचारहरु बहिरिएका थिए ।

उनले राज्यका प्रमुख अंग धुजाधुजा पारेर संविधान र लोकतन्त्र मास्‍ने फोहोरी खेल नखेल्न चेतावनी पनि दिएका छन् ।

Recent Comments

No comments to show.