एचआइडीसीएलले पायो शतप्रतिशत हकप्रद शेयर निष्काशन अनुमति

एचआइडीसीएलले पायो शतप्रतिशत हकप्रद शेयर निष्काशन अनुमति

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल)ले शतप्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले एचआइडीसीएललाई १ः१ अनुपातमा हकप्रद जारी गर्न आज अनुमति दिएको हो । कम्पनीले चैत १२ गते अनुमति माग्दै बोर्डमा आवेदन दिएको थियो।

बोर्डको अनुमति पाएसँगै अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ११ अर्ब कम्पनीले रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद जारी गर्नेछ ।

हाल ११ अर्ब चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद पछि चुक्ता पूँजी २२ अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीको हकप्रद निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिलट लिमिटेड रहेको छ।

Recent Comments

No comments to show.