राष्ट्रपति र प्रधानमन्त्रीको विरोध गर्दा नेविसंघ नेता पक्राउ

राष्ट्रपति र प्रधानमन्त्रीको विरोध गर्दा नेविसंघ नेता पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संसद् विघटन गरेको भनेर प्रधानमन्त्री र राष्ट्रपतिको विरोध गर्ने क्रममा काठमाडौंमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघका नेता नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल विद्यार्थी संघले सञ्चालन गरेको राष्ट्रपति र प्रधानमन्त्रीलाई ‘गोबर उपहार’ आन्दोलन क्रममा नेता त्रिपाठीलाई प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरेको हो।

मध्यरातमा संविधानको चीरहरण गरेको प्रतिगामी कदमको विरुद्ध प्रतिकात्मक विरोधस्वरूप प्रतिगमनका मतियार, दिमागमा गोबर भरिएका विद्या भण्डारी तथा केपी शर्मा ओलीलाई गोबर उपहार पठाउने कार्यक्रममा आज काठमाडौं, बानेश्वरमा नेपाल विद्यार्थी संघका साथीहरुमाथि गरिएको प्रहरी हस्तक्षेप निन्दनीय छ,’ नेविसंघ महामन्त्रीद्वय दीपक भट्टराई र बलदेव तिमिल्सिनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सोही क्रममा संघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीलाई बानेश्वरबाट गरिएको गिरफ्तारप्रति घोर भर्त्सना गर्दै विनासर्त तत्काल रिहाइको लागि जोडदार माग गर्दछौँ।’

Recent Comments

No comments to show.