माहामारीविरुद्ध लड्न १५ दिने योग अनुष्ठान,यसरी पार्नुहोस् १५ दिनमै कोरोना चट् !

माहामारीविरुद्ध लड्न १५ दिने योग अनुष्ठान,यसरी पार्नुहोस् १५ दिनमै कोरोना चट् !

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  विश्वभर बढ्दो कोरोना माहामारी नियन्त्रण अभियानको लागि चतरास्थित जगतगुरु रामानन्दाचार्य सेवा पीठले १५ दिने विशेष कार्यक्रम गर्ने भएको छ ।

समाधिसिद्ध अनन्त श्री विभूषित जगदगुरु श्री रामनान्द्चार्य स्वामी रामकृष्णचार्य महायोगी सिद्धबाबाको संकल्पमा जेठ १२ गतेदेखि २७ गतेसम्म हिमालयन महायोगा अनुष्ठान संचालन हुन लागेको हो ।

पीठले कोरोनाको यौगिक उपचार पद्धति, दिनाचार्य, भोजनाचार्य र आत्मसंयमका अवधारणा सहितका कार्यक्रम गर्न लागेको शनिवार जुम मार्फत पत्रकार सम्मेलन गर्दै जानाकारी दिएको हो ।

अनुष्ठानले मानसिक दृढता र शारीरिक सामर्थ्य बढाउने र कोरोना महामारीबाट बढीभन्दा बढी मानिसलाई सुरक्षित राख्न मदत गर्ने पत्रकार सम्मेलन मार्फत जानाकारी दिइयो ।

आयुर्वेदिक र योगीक दिनचर्याबाट १५ दिन आइसोलेट गरिदिने हो भने देशलाई महामारीबाट मुक्त गराउन सकिन्छ सिद्धबाबाको भनाई छ ।

आयुर्वेदिक पद्धतिहरु प्रयोग गरेर अनुष्ठान गरिने छ। रोग उत्पन्न हुने दोष हाम्रो शरीरमा भएसम्म हामीलाई गाह्रो हुन्छ। रोगबाट बच्न सकिंदैन। त्यसको लागि शरीर शुद्ध गर्नको लागि शरीर शोधन गर्न सिकाइने छ सिद्धबाबाले कार्यक्रममा भने ।

१५ दिनमध्ये पाँच दिनसम्म शरीर सोधन (शुद्ध) को काम गरिन्छ । त्यसमा पाँच इन्द्रीयको तर्पण गर्नेदेखि लिएर विकारलाई मुक्त गरेर अनुष्ठानमा सहभागी भएमा पूर्णरूपमा शरीरमा कोरोना आउनबाट बचाउन सकिने साथै कोरोनाबाट मुक्त हुन सकिने जनाइएको छ ।

घरमा बसिरहँदा शरीर शिथिल हुँदै जाने भन्दै महामारीसँगै मानिसहरु मानसिक रोगबाट पिडित हुने सम्भावना रहेको भन्दै उक्त कार्यक्रम आयोजना गरिएको उनको दाबी थियो ।

यसक्रममा अक्सिजन उत्पादन कसरी गर्न सकिन्छ त्यसबारे पनि जानकारी गराइने उनले बताए । ‘सबैका सबैले यो अनुष्ठान एकैसाथ गर्नुपर्छ । कसैले गर्ने र कसैले नगर्ने भने पूराका पूरा देश कोरोनामुक्त बन्न सक्दैन’ उनले भने ।

कार्यक्रम बिहान ५ बजे देखि ७ बजेसम्म प्रतिदिन दुई घण्टाको दरले १५ दिन सम्म चल्ने छ।

अनुष्ठानमा भाग लिन हरेक उमेर समूहका व्यक्तिहरुले पाउने छन्। ‘यौगिक तथा आयुर्वेदिक सिद्धान्तमा रहेर सबै अवस्था (बाल,वृद्धर युवा), सबै प्रकृति तथा वर्ण, लिङ्ग वा सम्प्रदाय (भेद रहित केवल मानव मात्र) को हितको लागि पन्ध्र दिवसीय सिद्ध महायोगानुुष्ठान दिनचर्या, रात्रीचर्या तथा ऋतुचर्या अनुसार व्यवस्था गरिएको विज्ञप्तिमा भनिएको छ । ’

यूट्यूब च्यानलमा प्रत्येक दिन बिहान र बेलुकाको समयमा दिनको दुई पटक HimalayanSiddhaMahayog लाइभ हुने पनि आयोजकले जानकारी दिएको छ।

Recent Comments

No comments to show.