काठमाडौं । नयाँ सरकार गठनका लागि १ सय ४९ सांसदको हस्ताक्षर लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति कार्यालय शितल निवास गएक छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई वैकल्पिक प्रधानमन्त्री बनाउन १४९ जना सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनले केहीबेरमा नै राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने भएको छ ।
राष्ट्रपतिले शुक्रबार साँझ पाँच बजेसम्ममा नयाँ सरकार गठनका लागि दाबी गर्न दलहरुलाई आह्वान गरेकी थिइन् । कांग्रेस नेता गगन थापाका अनुसार एमालेको माधव नेपाल पक्षका सांसदकोसमेत हस्ताक्षर लिइएको छ ।
संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि देउवालाई अघि सारिएको थापाले बताए । राष्ट्रपतिले दिएको समयसीमा अगावै बहुमत दाबी पेशगर्न देउवासहित विपक्षी दलका नेताहरु शीतल निवास गएको थापाले बताए ।
प्रतिक्रिया