काठमाडौं । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले तोकेको समयभित्रै नयाँ सरकार बनाउनेबारे विपक्षी तीन दलसहित एमालेको एक पक्षले निर्णायक वार्ता गर्ने भएका छन्।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेका माधवकुमार नेपाल पक्षले अपराह्न कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा निर्णायक छलफल गर्ने भएका हुन्।
राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा जुटेका विपक्षीहरूको छलफल गरे पनि निष्कर्षमा पुग्न नसकेपछि पुनःछलफल गर्न सिंहदरबारमा बैठक बस्ने भएको हो ।
देउवा निवासमा आव्हान गरेको सर्वदलिय बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले बरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेता सहभागि भएका थिए ।
आन्तरिक छलफल गरी विपक्षी दलले राष्ट्रपतिविरुद्ध महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी समेत गरी सकेको बुझिएको छ ।
प्रतिक्रिया