काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित राजनीतिक घटनाक्रमका लागि राष्ट्रपति विद्यादेवी भण्डारीको कुनै गल्ती नभएको दाबी गरेका छन् ।
नयाँ सरकार गठनका लागि राष्ट्रपतिले बिहीबार साँझ पाँच बजे शुक्रबार साँझ पाँच बजेसम्मका लागि राष्ट्रपतिले तोकेको समयसीमा छोटो भएको र प्रतिनिधिसभाको बैठक नै नबसी मन्त्रिपरिषद्को निर्णयमा सरकार गठनको समयसीमा तोकेको भन्दै नेपाली कांग्रेससहित विपक्षी दलहरु राष्ट्रपतिलाई महाअभियोग लगाउनका लागि छलफलमा छन् ।
‘राष्ट्रपति गणतन्त्रको प्रतीक हो । राष्ट्रपतिको विरोध गर्नेहरुले गणतन्त्रलाई कमजोर बनाउन खोजेका छन्,’ विपक्षीले राष्ट्रपति भण्डारीको विरोध भएकोप्रति असन्तुष्टि जनाउँँदै उनले भने ।
प्रधानमन्त्री ओलीले राष्ट्रपतिको विरोध गर्नेहरुले राष्ट्रपतिको संवैधानिक काम कर्तव्य नबुझेको दाबी गरे ।
‘सरकारले गरेको सिफरिस राष्ट्रपतिले स्वीकृत गरेको हो । यसमा राष्ट्रपतिको गल्ती नै छैन, महाअभियोग किन लगाउने ? राष्ट्रपतिको हुर्मत लिने काम, राष्ट्रपति अपमान गर्ने काम राष्ट्रपति संस्थाको मर्यादा घटाउने काम भयो,’ प्रधानमन्त्री ओलीले भने ।
प्रतिक्रिया