काठमाडौं । गोलकिपर टेर स्टेगेनले युरोकप फुटबल नखेल्ने भएका छन् ।
घुँडामा लागेको चोटपछि शल्यक्रियाको तयारीमा रहेका बार्सिलोनाका स्टेगेनले युरोकप फुटबल गुमाउने भएका हुन् ।
स्टेगेनले सामाजिक सञ्जालमा आफू युरोकप खेल्ने तयार नहुने जनाएका छन् । इन्स्टाग्रामबाट स्टेगेनले युरो गुमाउन पर्दा आफूलाई दुःख लागेको समेत बताएका छन् । युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।
प्रतिक्रिया