काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य ह्वात्तै बढेको छ ।
शुक्रबार प्रति तोला ९१ हजार ६ सय रुपैयाँ रहेको छापावाला सुनको मूल्य आइतबार प्रति तोला ९ सय रुपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँ पुगेको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य पनि ९ सय रुपैयाँले बढेर प्रति तोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको संघले बताएको छ ।
आइतबार चाँदीको मूल्य पनि प्रति तोला २० रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रति तोला १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार प्रति तोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया