यी हुन् भारतबाट आउने यात्रुका लागि तोकिएका होटल क्वारेन्टिन, प्रतिव्यक्ति ३ हजारभन्दा बढी लिन नपाइने

यी हुन् भारतबाट आउने यात्रुका लागि तोकिएका होटल क्वारेन्टिन, प्रतिव्यक्ति ३ हजारभन्दा बढी लिन नपाइने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले सातामा दुई फ्लाइटमार्फत् भारतबाट नेपाल आउने यात्रुलाई १० दिन अनिवार्य क्वारेन्टिन बस्न ८ वटा होटेल तोकेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार क्वारेन्टिनका लागि ८ वटा होटलको नाम सार्वजनिक गरेको छ।

मन्त्रालयका अनुसार विमानस्थलबाट ओर्लिएपछि उनीहरूलाई सीधै होटेल क्वारेन्टिनमा लगिने छ।

ललितपुरको भ्यू भृकुटी, गुहेश्वरीको माधव होटेल, गौशालाको आमदब्लम,रिडर्स इन, आनन्द आश्रम, एयरपोर्ट होटेल, भक्तपुरको ए वान रिसोर्ट, फार्म हाउस रिसोर्टलाई तोकिएको छ।

क्वारेन्टिनमा बस्दा जम्मा तीन हजार रूपैयाँ खर्च हुने भएको छ। ती होटलले भ्याट र सेवा शुल्कसहित यात्रुबाट पिकअप/ ड्रप, ब्रेकफास्ट, लञ्च र डिनरका लागि दैनिक बढीमा तीन हजार मात्र लिन पाउनेछन्। यसभन्दा बढी लिएमा कारबाही गर्ने मन्त्रालयले जानकारी दिएको छ।

Recent Comments

No comments to show.