मौसम पूर्वानुमान : देशभर वर्षाको सम्भावना

मौसम पूर्वानुमान : देशभर वर्षाको सम्भावना

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शुक्रबार देशभर बदली रहेको छ । जसकारण तराई र पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार हाल पश्चिमी र स्थानीय वायुको प्रभाव छ । शुक्रबार बिहान लुम्बिनी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भएको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागका केही स्थान र तराईका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ ।

शुक्रबार राति तराईका भूभागमा आंशिक बदली र पहाडी भूभागमा सामान्य बदली रहनेछ ।

पहाडी भूभागका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ बैशाख १७ गते (शुक्रबार)

दिउसो : देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू-भागका केही स्थानमा र तराईका एक-दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति : देशका तराईका भू-भागमा आंशिक बदली र पहाडी भू-भागमा सामान्य बदली रहनेछ।देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

२०७८ बैशाख १८ गते (शनिबार)

दिउँसो : प्रदेश नं १ लगायत देशका पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ।प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूका केहि स्थानमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना छ।

राति : प्रदेश नं १ लगायत देशका पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना छ ।

२०७८ बैशाख १९ गते (आइतबार)

दिउँसो : प्रदेश नं १ लगायत देशका पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ।प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू-भागका केहि स्थानमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना छ।

राति : प्रदेश नं १ लगायत देशका पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना छ ।

महाशाखाले देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध गरेको छ।

Recent Comments

No comments to show.