काठमाडौं । काठमाडौंको कलंकीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
बा ६१ प १५३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकमै पल्टिँदा कीर्तिपुर नगरपालिका १० बाघभैरवका ५० वर्षी राजमान महर्जनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका महर्जनको नेपाल नेशनल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीकाअनुसार मोटरसाइकलमा उनी एक्लै सवार थिए ।
प्रतिक्रिया