काठमाडौं उपत्यकामा आजदेखि १५ दिन निषेधाज्ञा,के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौं उपत्यकामा आजदेखि १५ दिन निषेधाज्ञा,के गर्न पाइन्छ, के पाइँदैन ?

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोनाभाइरस संक्रमण वृद्धि भएपछि आजदेखि काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा निषेधाज्ञा लगाइएको छ।

काठमाडौं, ललितपुर र भक्तपुरमा विहिबार बिहान ६ बजेदेखि निषेधाज्ञा लगाइएको हो। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू (सीडीओ)ले उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाए पनि सरकारले त्यसलाई एक हप्ता थपेर १५ दिन निषेध आदेश जारी गरेको छ।

निषेधाज्ञामा औषधि खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभाग्य वस्तु खरिद बाहेक बाहिर निस्कन पाइने छैन । निषेधाज्ञामा उपभोग्य वाहेकका सवारी गुडाउन पाइने छैन । निजी , सार्वजनिक र अनुमति बिनाका सरकारी गाडी गुडाउन, मेला महोत्सव गर्न पनि पाइने छैन ।

खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल व्यवसाय बाहेकका अन्य व्यवसाय हाललाई बन्द गर्ने र किराना पसल र डिपार्टमेन्ट स्टोरलाई बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म व्यवस्था गरिएको छ। ती पसल सञ्चालन गर्दा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रुपले पालना गराउनुपर्नेछ।

नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न दिने, काठमाडौँ उपत्यका प्रवेश गर्ने व्यक्तिको अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेशनमा बस्नुपर्नेछ।

यस्तै, निषेधाज्ञा भएपनि दैनिक उपभोग्य वस्तुको बिक्री तथा ढुवानी, सुरक्षा निकायका गाडी र सुरक्षाकर्मी हिँडडुल, फोहोरमैला संकलनार्थ सवारी सञ्चालन, औषधि खरिद बिक्री ढुवानी र दीर्घरोगीलाई अस्पताल जान भने रोक लगाइने छैन ।

यसरी कार्यालय खोल्दा स्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने छ। हवाई सेवा सुचारू हुनेछ।

जिल्ला प्रशासन कार्यालयले बैंक तथा वित्तीय संस्था, बीमलगायत कार्यालयको परिचय पत्र देखाएर निजी सवारी साधन चलाउन दिने भनेको छ।

साथै विवाहमा सहभागी हुन ब्यानर र दुलाह-दुलही सहित १५ जनाका लागि दुईवटा सवारी साधन प्रयोग गर्न सवारी पास आवश्यक नपर्ने व्यबस्था पनि गरिएको छ।

उपत्यका बाहेक ५ सय भन्दा बढी संक्रमित भएका अधिकांश जिल्लाले आजै देखि लागू हुने गरी निषेधाज्ञा लगाएका छन्।

Recent Comments

No comments to show.