निषेधाज्ञाको सूचना परिवर्तन, पसल खुल्ने समय परिवर्तन

निषेधाज्ञाको सूचना परिवर्तन, पसल खुल्ने समय परिवर्तन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारदेखि काठमाडौं उपत्यकामा सुरु हुन लागेको निषेधाज्ञामा केही परिमार्जन गरेको छ।

मंगलबार प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले अत्याश्यक सेवामा केही बुँदाहरु थप गरी आदेश जारी गरेका हुन् ।

जसमा विवाह, व्रतबन्धका लागि १५ जनासम्म सहभागी हुने गरी ब्यानर टाँसेर दुईवटासम्म सवारी प्रयोग गर्न अनुमति दिएको छ ।

विवाहको लागि जिल्लाभित्र वा अन्तर जिल्लामा आवतजावत गर्नुपर्दा अनुमति पास आवश्यक नपर्ने तर उक्त कार्यका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा जिल्ला प्रशासन कार्यलयबाट जारी अनुमति पास लिनुपर्नेछ ।

मृत्यु संस्कार र बिरामी कुरुवाको रुपमा अनिवार्य सहभागी हुनुपर्ने व्यक्तिले अन्य जिल्लामा जानुपर्दा सम्बन्धित व्यक्ति उक्त व्यहोरा खुल्ने कागजात (निवेदन, अस्पतालको कागजात वा स्थानीय तहको सिफारिस) सहित जिल्ला प्रशासन कार्यालयमा अनुमति पासका लागि निवेदन पेश गर्नुपर्नेछ ।

सूचना अनुसार डिपार्टमेन्ट स्टोरको ग्रोसरी बिहान र साँझ मात्र खोल्न पाइने भएको छ ।

अत्यावश्यक सेवाहरुमा करियर तथा डाँक सेवा थप गरिएको छ। खाद्य सामग्री अन्तर्गतको व्यवस्थामा डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्ष बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ। यसअघि, बिहान १० बजेदेखि बेलुका ५ बजे सम्म सञ्चालन गर्न भनिएको थियो।

त्यस्तै, बैंक तथा वित्तीय संस्था, बिमा एवं राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तीय कारोबार गर्ने सहकारी संस्थाका कर्मचारीले प्रयोग गर्ने निजी नम्बर प्लेटका सवारी साधनहरु सम्बन्धित कार्यालयको परिचयपत्रका आधारमा आवतजावत गर्न दिने व्यवस्था गरिएको छ।

Recent Comments

No comments to show.