वैशाख १६ देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा

वैशाख १६ देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी हुने भएको छ ।  

काठमाडौंका कालीप्रसाद पराजुली, भक्तपुरका प्रेमप्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज निरौलाबीच केहीबेर अघि बसेको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले पहाडी जिल्लामा २ सय जना संक्रिय संक्रमित भएको अवस्थामा र शहरी जिल्लामा ५ सय जना संक्रिय संक्रमित भएमा सम्बन्धित जिल्ला प्रशासनले निषेधाज्ञा लगाउन सक्ने निर्णय गरेको थियो ।

उपत्यकाका ३ वटै जिल्लामा संक्रीय संक्रमितको संख्या ५ भन्दा बढी छ। काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले आजबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिसकेको छ। 

मुलुकमा कोरोना संक्रमणको दर तीव्र भएपछि यसको व्यवस्थापन र नियन्त्रणका विकल्पका लागि आज नै मन्त्रिपरिषद् बैठकसमेत बस्दै छ ।

Recent Comments

No comments to show.