सानिमा बैंकले माइती नेपाललाई १० लाख आर्थिक सहयोग गर्ने

सानिमा बैंकले माइती नेपाललाई १० लाख आर्थिक सहयोग गर्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सानिमा बैंक र माइती नेपालबीच थप दुई वर्षका लागि सम्झौता नवीकरण भएको छ ।

मानव बेचविखन र लैङ्गिक हिंसा विरुद्ध माइती नेपालको अभियानमा सहयोग पुर्याउने उद्देश्यले सानिमा बैंकले उपलब्ध गराउँदै आएको सहयोगलाई जारी राख्दै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माइती नेपाललाई १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

माइती नेपालले करिब तीन दशकदेखि महिला तथा बालबालिका बेचविखन विरुद्ध विभिन्न काम गर्दै आइरहेको छ । सो समझदारीपत्रमा माइती नेपालको तर्फबाट संस्थापक अनुराधा कोइराला र बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईले हस्ताक्षर गरे ।

बैंकले हाल देशभरका ८६ शाखाहरु, १७ विस्तारित काउन्टर र ९६ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

Recent Comments

No comments to show.