काठमाडौं । आइतबार प्रदेश १ का विभिन्न क्षेत्रमा वर्षाको सम्भावना छ ।
मौसम पूर्वानमान महाशाखाका अनुसार प्रदेश १ का एक-दुई स्थानमा मेघ गर्जनसहित हल्का बर्षाको सम्भावना रहेको छ ।
आइतबार राति देशका पहाडी भूभागमा बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले बताएको छ ।
सोमबार प्रदेश १ र बाग्मति प्रदेशका पहाडी भूभागमा बदली रही अन्य भूभागमा मौसम सामान्यतय सफा रहनेछ ।
कस्तो रहला आगामी तीन दिनको मौसम ?
२०७८ बैशाख १२ गते (आइतबार)
बिहान: देशका धेरैजसो स्थानहरुमा आंशिक बदली रहनेछ । प्रदेश नं. १ का एक दुइ स्थानमा मेघ गर्जन सहित हल्का बर्षाको सम्भावना रहेको छ।
राति : देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
२०७८ बैशाख १३ गते (सोमबार)
बिहान: प्रदेश न.१ र बाग्मति प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतय सफा रहनेछ।
राति : प्रदेश नं१,प्रदेश नं २ र बाग्मति प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतय सफा रहनेछ।
२०७८ बैशाख १४ गते (मंगलबार)
बिहान: देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राति : देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
प्रतिक्रिया