‘धरहरा चढ्दा आइफल टावर चढेजस्तै अनुभव भयो’ : प्रधानमन्त्री

‘धरहरा चढ्दा आइफल टावर चढेजस्तै अनुभव भयो’ : प्रधानमन्त्री

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा चढ्दा आइफल टावर चढेको अनुभूति भएको बताएका छन् । शनिबार सुन्धारास्थित २२ तले धरहराको उद्घाटन कार्याक्रममा ओलीले यस्तो बताएका हुन् ।

आफैंले धरहराको बेसमेन्ट, क्षेत्रफल, सुन्धराको भौगोलिक अवस्था, सवारी पार्किङ र भग्नावशेष व्यवस्थापन गर्ने अवधारणालाई अघि बढाएको प्रधानमन्त्री ओलीले दाबी गरे । 

‘यसलाई पुरातत्व विभाग र राष्ट्रिय पुनर्निर्माणले अघि बढाएर धरहराको पुनर्निर्माण भएको छ । अब कहिल्यै नढल्ने गरी धरहरा बनेको छ । अब धरहरा ढल्दैन,’ ओलीले भने । 

राष्ट्रिय गौरवको धरहराको यसअघि पनि पुनर्निमाण हुँदै आएको बताउँदै अहिलेको सरकारले गरेको धरहराको पुनर्निर्माण ऐतिहासिक काम भएको बताए ।  

‘०७२ फागुनमा मैले मेरो धरहरा म बनाउँछु अभियान सुरु गरेको र त्यो अभियानले २४ करोड रुपैयाँ जुटाउन सफल भयो । आज उद्घाटन भएको धरहारामा त्यो पैसा पनि जोडिएको छ,’ उनले भने, ‘इतिहास झल्किने आधुनिकता टल्किने गरी यसको पुनर्निर्माण भएको हो ।’ 

पुनर्निर्माण सुरु गर्दा ६२.८८ मिटरको डिजाइन रहेकोमा अहलिे ८६.८५ मिटर कायम भएको उनले बताए । 

 प्रधानमन्त्री ओलीले देशका महत्वपूर्ण संरचनामध्ये रानीपोखरी, दरबार हाईस्कुल र दशरथ रंगशालाको पनि पुनर्निर्माण भइसकेको बताए ।

Recent Comments

No comments to show.