आगामी तीन दिनसम्म देशभरको मौसम कस्तो रहला ? हेर्नुस्

आगामी तीन दिनसम्म देशभरको मौसम कस्तो रहला ? हेर्नुस्

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ ।

हाल देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बादली रहेको छ। अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ । सुदुरपश्चिम र कर्णाली प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा भई रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 
२०७८ बैशाख ११ गते (शनिबार) 

बिहान :  देशको सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका साथै बाँकी पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशको पहाडि भूभागको एक/दुई स्थानमा  मेघगर्जन, चट्टयाङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती :  देशका पहाडी भूभागमा आँशिक देखि सामान्य  बदली रही अन्य भूभागमा मौसम सामान्यतय सफा रहनेछ। पहाडि भूभागको थोरै स्थानहरुमा मेघगर्जन, चट्टयाङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७८ बैशाख १२ गते (आइतबार) 

बिहान : देशका अधिकांश भूभागमा आँशिक बदली रहनेछ।

राती : देशका पहाडी भूभागमा आँशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतय सफा रहनेछ।

 २०७८ बैशाख १३ गते (सोमबार) 

बिहान :  देशका पहाडी भूभागमा आँशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतय सफा रहनेछ।

राती :  प्रदेश न१ र प्रदेश न.२ मा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतय सफा रहनेछ।

 आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भूभागहरुका थोरै स्थानहरुमा मेघगर्जन, चट्टयाङ्ग र हावाहुरीसहित हल्का  वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ । 

Recent Comments

No comments to show.