निर्माण पूरा भएको ३ वर्षमा पनि अझै सञ्चालनमा आएन विष्णुमती पुल

निर्माण पूरा भएको ३ वर्षमा पनि अझै सञ्चालनमा आएन विष्णुमती पुल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । टेकु-कालिमाटी जोड्ने विष्णुमती खोला पुल अलपत्र पारेको झण्डै ३ वर्ष भइसकेको छ । यो पुल निर्माण पूरा भएको भनेर सवारी चलाउन थालिएको भए पनि काठमाडौं दिगो सहरी यातायात आयोजनाले भने अलपत्र छाडेको दाबी गरेको थियो ।

सो पुल हालसम्म हस्तान्तरण नभएको र तोकिएको मापदण्ड समेत पूरा नभएको आयोजनाले जनाएको थियो । सडक विभाग अन्तर्गतको काठमाडौं दिगो सहरी यातायात आयोजनाले २०७१ को असारमा ठेक्का लगाएको सो पुल बनाउने जिम्मा पप्पुले पाएको थियो । सो पुल निर्माण २०७५ मै सम्पन्न भइसकेको थियो । यो पुल निर्माणको ठेक्का लगाउने आयोजना भने २०७५ साउन मै खारेज भइसकेको छ ।

पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको टेकु–कालिमाटी पुल निर्माणमा त्रुटि भएको भन्दै सरकारले रोक्न सूचना निकाल्दा समेत ठेकेदारले रातारात काम सकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आरोप छ ।

पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ठेकेदारको लापरवाही र जबर्जस्तीका कारण टेकु पुलमा समस्या देखिएको बताएका थिए । पूर्वमन्त्री महासेठले पप्पु कन्स्ट्रक्सनले निर्माण गरिरहेको पुलमा सरकारी प्राविधिकलाई छलेर गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेको बताए थिए ।

शुरूमै गुणस्तरहीन सामान प्रयोग गरेको र रोक्न निर्देशन दिँदादिँदै प्राविधिकको उपस्थितिविना नै टेकु–कालिमाटी पुल ठेकेदारले राति ढलान गरेको मन्त्रीको भनाइ थियो । प्राविधिकले अध्ययनगर्दा टेकु पुल निर्माण रोक्न निर्देशन दिँदासमेत ठेकेदारले काम अघि बढाएको भेटिएको थियो । प्राविधिकको उपस्थितिविना पप्पुले रातारात ढलान गरेर पुल निर्माण सकेको आरोप छ ।

पप्पुले भने आफ्नोतर्फबाट पुल निर्माणको काम सकिसकेको दाबी गरेको छ । पप्पुले विभिन्न चरणमा गरेर १३ करोड रुपैयाँ भुक्तानी लिइसकेको छ । निर्माण पुरा गरेपछि पप्पुले २ करोड रुपैयाँ भुक्तानी माग गरेको थियो ।

भत्काएर नयाँ निर्माण गर्नुपर्ने

सो पुल भत्काएर नयाँ निर्माण गर्नुपर्ने संघीय सडक सुपरीवेक्षण तथा अनुगमन प्रमुख कैलाश कुमार शाक्यले बताए । उनले सो पुलको स्ट्रक्चरमा निर्माण गर्दा त्रुटि पाइएकाले सवारी सञ्चालनमा ल्याउन नदिइएको बताए । सो पुल अब भत्काएर पूर्ण नयाँ निर्माण गरिनुपर्ने उनले बताए ।

‘त्यो पुल अब भत्काउनु पर्ने छ, त्यसका लागि छुट्टै विभागले काम हेरिरहेको छ, तर, त्यो भत्काएर नयाँ बनाउनु भन्दा अर्को उपाय छैन,’ श्रेष्ठले  भने ‘जनतालाई रिक्समा राखेर सञ्चालन गर्न सकिँदैन ।’

पुलमा भेटिएका त्रुटि

पप्पुले बनाएको टेकुको ६२ मिटरको यो पुलको बीच भागमा कम गुणस्तरको निर्माण सामग्री प्रयोग गरेको, आयोजनाको निर्देशन अटेर गरेको, जानकारी र अनुमति बिना काम गरेको प्रमुख श्रेष्ठले बताए ।

पुल डिजाइन तथा निरीक्षण गर्ने परामर्शदाताको कुनै पनि आग्रह वा निर्देशन पालना नगर्दा पुल कमजोर भएको दाबी सडक विभागको छ । इन्जिनीयरका अनुसार पप्पुको विष्णुमती पुलको बीचभाग जतिबेला पनि झर्न सक्छ । पुलमा न्यून गुणस्तरका तार, डण्डी प्रयोग गरेका कारण पुल संचालनमा ल्याउन नसकिने सडक विभागका अधिकारीहरूको भनाइ छ ।

Recent Comments

No comments to show.