राप्रपाका तीन नेता एमालेमा प्रवेश,प्रधानमन्त्री ओलीले गरे भव्य स्वागत

राप्रपाका तीन नेता एमालेमा प्रवेश,प्रधानमन्त्री ओलीले गरे भव्य स्वागत

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व केन्द्रीय सदस्य रहेका लुम्बिनी प्रदेशका तीन जना नेताहरु बुधबार नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमाले प्रवेश गर्नेहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देहीका नेता राजेन्द्र पाण्डे, रुपन्देहीकै अर्का नेता तथा केन्द्रीय सदस्य नवीन पौडेल र अर्घाखाँचीका नेता एवम् केन्द्रीय सदस्य नारायण आचार्य छन् ।

तीनजना नेताहरुलाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानी मन्त्री मणि थापाले पार्टीमा भव्य स्वागत गरे ।

सो अवसरमा प्रधानमन्त्री ओलीले तीनजना नेताहरुले नेकपा एमालेको संगठन विस्तार र जनताको अपेक्षमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

ती नेतालाई पार्टीले उचित पद र जिम्मेवारी दिनेबारे अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलले गृहकार्य गरेका छन् ।

उनीहरुलाई एमालेको १० औं महाधिवेशन आयोजक कमिटीमा समेत सहभागी गराउने अध्यक्ष ओलीनिकट एक केन्द्रीय सदस्यले बताए । 

Recent Comments

No comments to show.