एमसीसीविरुद्ध तात्यो माइतीघर मण्डला: ‘एमसीसी चाहिँदैन देश बेच्न पाइँदैन, राष्ट्रघाती सम्झौता खारेज गर’

एमसीसीविरुद्ध तात्यो माइतीघर मण्डला: ‘एमसीसी चाहिँदैन देश बेच्न पाइँदैन, राष्ट्रघाती सम्झौता खारेज गर’

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) विरुद्ध विभिन्न राजनीतिक दल र संघसंस्थाका पदाधिकारीले माइतीघर मण्डलमा प्रदर्शन गरेका छन् । 

नेकपा माओवादी केन्द्रलगायतका विभिन्न २२ राजनीतिक दल र संस्थाले सोमबार प्रर्दशन गरेका हुन् । केही समयदेखि एमसिसीविरुद्धको प्रर्दशन कम भएको भए पनि पछिल्लो समय यसविरुद्ध फेरि प्रदर्शन हुन थालेका छन् ।

प्रदर्शनकारीले ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’, ‘राष्ट्रिय स्वाधिनताको अन्त्य गरौं’, ‘राष्ट्रघाती एमसीसी तुरुन्त खारेज गर’, ‘भन्नुस् एमसीसी के के हो ? आई पी एसको अंग हो’ लगायतका नारासहितका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् । 

उनीहरुले कालापानीबाट भारतीय सेना फिर्ता गनुपर्ने नारा पनि लगाएका छन् ।

अमेरिकी सरकारले नेपालको संघीय संसदबाट पारित भएपछि मात्र एमसीसी कार्यान्वयन गर्नसक्ने प्रावधान छ । प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले एमसीसीको प्रस्ताव निर्णयार्थ पेश नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखको आलोचना गर्दै आएका छन् ।

शनिबार बालुवाटारमा प्रधानमन्त्री ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा पनि उनले सभामुखले सरकारलाई असहयोग गरेको आरोप लगाएका थिए ।

Recent Comments

No comments to show.