कांग्रेस केन्द्रीय समिति बैठक बस्दै,यी हुन् एजेण्डा

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै,यी हुन् एजेण्डा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ।१४ औं महाधिवेशनमा केन्द्रित हुने बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो ४ बजे बस्न लागेको हो ।

यसअघि चैत २७ गतेका लागि डाकिएको बैठक तीन पटक स्थगित भइसकेको छ । यसअघि आइतबारका लागि बोलाइएको बैठक अन्तिम समयमा आजका लागि सारिएको थियो ।

बैठकमा विशेषतः आगामी महाधिवेशन र प्रदेश सरकार ढाल्ने विषयमा छलफल हुने बुझिएको छ । पार्टी संस्थापन पक्षले कार्यतालिका हेरफेर गर्न चाहे पनि अर्को पक्षले पुरानै कार्यतालिकाअनुसार महाधिवेशनका कार्यक्रम अघि बढाउनुपर्ने अडान लिँदै आएको छ ।

Recent Comments

No comments to show.