वैशाखभित्र वार्षिक परीक्षा सक्न निर्देशन

वैशाखभित्र वार्षिक परीक्षा सक्न निर्देशन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै पोखरा महानगरपालिकाले वैशाख मसान्तभित्र विद्यालयस्तरीय वार्षिक परीक्षा सक्न महानगरभित्रका विद्यालयलाई निर्देशन दिएको छ। महानगरपालिकाभित्रका संस्थागत तथा सामुदायिक सबै विद्यालयको वार्षिक परीक्षा वैशाख मसान्तभित्र सकिने महानगरपालिकाले जनाएको छ।

महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यका अनुसार आइतबार बसेको बैठकले वैशाख १० गतेपछि विद्यालयले वार्षिक परीक्षा लिन सक्ने निर्णय गरेको छ । वैशाख मसान्तभित्र सक्नेगरि तालिका बनाएर कुनै पनि विद्यालयले परीक्षा लिन सक्ने आचार्यले बताए।

‘कोरोना संक्रमणको जोखिम बढेकाले वैशाख मसान्त्रभित्र परीक्षा सक्नेगरी विद्यालयले आफूअनुकूल तयारी गर्न सक्नेछन,’ आचार्यले भने, ‘स्वास्थ्यमा मापदण्ड पालना गरेर सुरक्षित तरिकाले सिफ्ट मिलाएर परीक्षा लिन सकिन्छ। कुन समयमा र सिफ्टमा परीक्षा लिने भन्नेबारेमा विद्यालयले निर्णय लिन सक्छन।’ , यो समाचार आजको नागरिक दैनिकमा छ ।

Recent Comments

No comments to show.