बादल पुनः गृहमन्त्री नियुक्त, आजै शपग्रहण हुने

बादल पुनः गृहमन्त्री नियुक्त, आजै शपग्रहण हुने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रियसभाबाट पदमुक्त भएका गृहमन्त्री रामबहादुर थापा बादल पुन गृहमन्त्रीमै नियुक्त भएका छन्।

उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले  प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्रीमै पुनःनियुक्ति गरेका हुन्।

बादलको आजै साँझ ५ बजे राष्ट्रपति भवनमा सपथग्रहण हुने भएको छ । आजै सपथग्रहणको समय तय भइसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एक्ट  प्रोे नेपाललाइ जानकारी दिए ।

नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका बादल एमालेमा लागेपछि उनको पद रिक्त गराउन माओवादीले लिखित पत्र दिएको थियो । संसद सचिवालयले आज विहान बादलको पद रिक्त भएको सूचनामार्फत जानकारी गराएको छ ।

यसअघि माओवादीले प्रतिनिधिसभाका चारजना सदस्य एमाले प्रवेश गरेपछि उनीहरुको पद रिक्त गराइसकेको छ । त्यस्तै एमाले प्रवेश गरेका प्रदेसशभा सदस्यहरुको पद पनि रिक्त गराइएको छ ।

Recent Comments

No comments to show.