गृहमन्त्री थापाको पनि सांसद पद खारेज,गृहमन्त्रीबाट स्वतः पदमुक्त

गृहमन्त्री थापाको पनि सांसद पद खारेज,गृहमन्त्रीबाट स्वतः पदमुक्त

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि सांसद पदबाट बर्खास्त भएका छन्।

आफ्नो पार्टी परित्याग गरेर नेकपा एमाले (ओली समूह) मा प्रवेश गरेका कारण नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि उनको राष्ट्रिय सभा-सदस्य पद खारेज भएको हो।

माओवादी केन्द्रले दर्ता गराएको सूचनाअनुसार संघीय संसदले उनको सांसद पद खारेज भएको जानकारी गराएको हो।

सांसद सदस्यबाट हटे लगत्तै बादल गृहमन्त्रीबाट पनि स्वतः पदमुक्त भएका छन् ।

२०७४ सालको संविधानसभा निर्वाचनमा माओवादी केन्द्रको उम्मेदवारका रुपमा वागमती प्रदेशबाट थापा राष्ट्रियसभामा निर्वाचित भएका थिए । त्यसपछिमात्र नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको थियो ।

बादललाई प्रधानमन्त्रीले पुनः मन्त्री नियुक्त गर्ने बताइएको छ । रिक्त राष्ट्रियसभा सदस्य पदका लागि ३५ दिनभित्र उपनिर्वाचन हुनेछ ।

हेर्नुहोस्, सूचना :

Recent Comments

No comments to show.